कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित सानीभेरी गाउँपालिका
रुकुम ३१, असार । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।
शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन। ।
उहाँले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको भन्दै बधाई दिँदै यो कार्य अत्यन्तै सराहनीय पक्ष भएकाले यसलाई दिगो बनाई राख्नुपर्ने बताए ।
खोपकै अभावमा वर्षेनी हजारौँ बालबालिकाको मृत्यु हुने गरेको अवस्थामा पूर्ण खोप सुनिश्चित हुनु आफैँमा राम्रो कामको सन्देश भएको प्रमुख शर्माले बताए ।
गाउँपालिकामा रहेका दुई वर्षमुनिका बालबालिका सबैले नियमितरुपमा कुनै पनि खोप नछुटाएको पाएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष्यअनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले बताए । यहाँका ९५ प्रतिशत बालबालिकाले सबै खोप पूरा भएको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविकालगायत व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...