ताजा समाचार

पहिलो हाफ मा फ्रान्स २-१ ले अगाडी

रसियामा जारी विश्वकपको फाइनल खेलमा फ्रान्सले पहिलो हाफ सकिदा २-१ गोलको अग्रताले क्रोएशियालाई पछाडी पारेको छ।

खेलको पहिलो हाफमा फ्रिकिकबाट प्राप्त बललाई क्लियर गर्ने क्रममा म्यान्डुजुकिकले आफ्नै पोस्टमा बल छिराएपछि खेलमा फ्रान्सले अग्रता पाएको थियो।

सो आत्मघाती गोल खेलको १८ औं मिनेटमा हुन पुगेको थियो।

यसरी एक गोलले पछाडी परेको क्रोएशियाले खेलको १८ मिनेटमा बराबरी गोल फर्काउँदै आफूलाई खेलमा फर्काएको थियो। तर पेरिसिभिकले गरेको सो बराबरी खेलमा धेरैबेर रहन पाएन।

क्रोएशियाका खेलाडीले डिएरियामा बल ह्यान्ड गरेपछि फ्रान्सले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै पहिलो हाफ सकिदा २-१ को अग्रता कायम गर्न सफल भएको छ।

फ्रान्सका लागि ३८ औं मिनेटमा सो गोल ग्रिजम्यानले गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org