ताजा समाचार

क्रोएशियालाइ ४–२ ले पराजित गर्दै फ्रान्सले जित्यो विश्वकप ट्रफी

क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काए।

तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे ।

दोस्रो हाफमा फ्रान्सले थप दुई गोल गर्यो । ५९ मिनेटमा पाउल पोग्बाले फ्रान्सलाई ३–१ को स्थितीमा पु¥याए । ६५ औं मिनेटमा कालियन एमबाप्पेले गोल थप्दा फ्रान्स ४–१ ले अघि थियो ।

रोमान्चक खेलको ६९ औं मिनेटमा मारियो माड्जुकीले गोल फर्काउँदै क्रोएशियालाई ४–२ को स्थितीमा ल्याए ।

फ्रान्सले विश्वकप जितेको यो दोस्रो पटक हो । यसअघि सन् १९९८ मा फ्रान्सले पहिलोपटक उपाधि जितेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org