ताजा समाचार

चिकित्सा शिक्षा विधेयक: पेलेरै पारित गर्ने सरकारकाे तयारी

काठमाडाैं ३२, असार । चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ ।

अनशनरत डा. केसीको स्वास्थ्य दिनानुदिन गम्भीर हुँदा पनि सरकार वार्ताद्वारा निकास निकाल्न नलागेको भन्दै आम चिकित्सकसमेत आन्दोलनमा रहेकै बेला सरकार बलपूर्वक विधेयक अगाडि बढाउन लागेको हो । नागरिक समाज र बुद्धिजीवीले समेत वार्ताबाट सहमति खोज्न निरन्तर दबाब दिइरहे पनि सरकार टसमस भएको छैन ।

१४औं अनशनका क्रममा भएको सहमतिअनुसार देउवा सरकारले ल्याएको अध्यादेशलाई वर्तमान सरकारले यसअघि जस्ताको तस्तै जारी गरेको थियो ।

अध्यादेश संसद्मा दर्ता भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याएसँगै अध्यादेश निष्क्रिय भएको थियो ।

संसद्को दोस्रो बैठक सुरु नभएका कारण टेबुल हुन नपाए पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले विधेयक फिर्ता लिन नसक्ने आइतबार बताएका छन् ।,यो खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org