ताजा समाचार

एडिडासलाइ पछिपार्दै नाइक भयो बिश्वकप बिजेता

काठमाण्डाैँ ३२, असार । आइतबार राति मस्कोमा सम्पन्न भएको फिफा विश्वकपको फाइनल फ्रान्स र क्रोएसियाबीच भएको थियो । तर,पर्दा पछाडि ब्यापारिक महासङग्राहाम  भने नाइक तथा एडिडासबीच भएको छ । विश्वकप फुटबल खेलकुदका सामग्री उत्पादन गर्ने कम्पनीका लागि एउटा ठूलो व्यापारिक सपना हो ।

नाइक र एडिडास दुवैले विश्वकपमा आफूले गरेको खर्च सार्वजनिक गर्दैनन् । तर, विश्लेषकहरू बाताउछन २०१४ मा एडिडासले प्रायोजनमा १ अर्ब अमेरिकी डलर खर्च गरेको अनुमान गरेका छन् । २०१४ को विश्वकपको फाइनलमा एडिडासले नै प्रयोजन गरेको अर्जेन्टिना र जर्मनी फाइनलमा थिए ।
त्यस्तै, २०१४ मा विश्वकपकै कारण नाइकले आफ्नो व्यापार ३६ प्रतिशतले बढेको बताएको थियो । जर्मनीको कम्पनी एडिडासले जर्मनले नै २०१४ विश्वकप जितेपछि २ अर्ब यूरो बराबरको खेल सामग्री बेचेको थियो ।

एडिडासले १९७० देखि नै फिफालाई प्रायोजन गर्दै आएको छ । उसले बल ब्राण्डिङ, रेफ्रीले प्रयोग गर्ने सामग्री र स्टेडियम वरपर प्रचार सामग्रीमा खर्च गर्दै आएको छ । तर, नाइकको व्यापार शैली भने अलि फरक छ । उसले खेलाडी र टिमलाई प्रायोजन गर्ने गर्छ । उसले खेलाडीले लगाउने सबै सामग्रीमा प्रायोजन गर्ने गरेको छ ।

रसिया विश्वकपमा एडिडासले १२ टिमलाई प्रयोजन गरेको थियो । जसमा जर्मनीपनि समावेश थियो र जर्मनीलाई उसले ५६.७ मिलियन अमेरिकी डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले फ्रान्सको टोलीलाई ५६ मिलियन डलर र इंग्ल्याण्डलाई ४० मिलियन डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले धेरै लगानी गरेका दुवै टोली सेमिफाइनलमा पुगे । एडिडासले प्रायोजन गरेको बेल्जियम मात्रै सेमिफाइनलमा पुगेको थियो । बेल्जियमलाई सेमिफाइनलमा फ्रान्सले १–० ले हराएको थियो ।
एडिडास फुटबल सामग्री उत्पादन गर्ने विश्वको एक नम्बर ब्राण्ड हो । उसको विश्व बजारमा २९ प्रतिशत हिस्सा रहेको बताइएको छ । नाइक भने अमेरिकमा मात्रै एडिडाससंग प्रतिस्पर्धामा छ । टिमलाई कसले प्रायोजन गर्यो भन्ने त्यति महत्वपूर्ण हुँदैन । किनकी प्रत्येक खेलाडीले आफुलाई मन पर्ने ब्राण्ड सामग्री प्रयोग गर्न पाउँछन् । यसपालीको विश्वकपमा करिब ६५ प्रतिशत खेलाडीले नाइकको जुत्ता लगाएका छन् । यसपालिको बिआ्वकपमा  सेमिफाइनल सम्म  भएका १५० गोलमध्ये ९४ गोल नाइकका बुट लगाउने खेलाडीले गरेका हुन् । यसले नाइकको ब्राण्डको बढोत्तरिमा  ठूलो सहयोग पुर्याएको विश्लेषकहरू बताउँछन् ।
गोल्डेन बुटका दावेदारहरू ह्यारी केन, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र उरुग्वेका एडिन्सन काभानीले नाइकको बुट लगाएका थिए । एडिडासको बुटचाहिँ अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डी मारियाले लगाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org