सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने
चितवन ३२, असार । सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।
ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० रहेको छ । सो भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने उनले बताए । बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने अधिकारीको भनाइ छ ।
सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने बताए । पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै उनले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने बताए ।
पोखरा जगदम्भा ट्राभल्सको बस बिहान ७ः३० बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ । सो ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगडी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालन हुँदै आएका छन्
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...