ताजा समाचार

चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेस, प्रतिनिधि सभाको बैठक (LIVE)

काठमाडौं ३२, असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि स्थगित बैठक भएको छ ।

अहिले सभामुख कृष्ण बहादुर महराले नेपाली कांग्रेसका सांसदलाई सीटमा बस्न आग्रह गरिरहेका छन तर, सांसदहरु उठेर बिरोध जनाइरहेका छन् ।

सभामुख महराले सरकारका प्रतिनीधि सदनमा आएकाले सरकारको स्थियि के हो ? डा. केसीको विषयका बारेमा के हो बुझ्न समय दिन भन्दै आग्रह गरिरहेका छन् ।

सभामुखले आग्रह गरेपनि कांग्रेसका सांदहरु उठेर विरोध कायम गरिरहेकाले संसदमा जुहारी गज्जबको देखिएको छ ।

चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गर्नु परेको जनाएको छ । सोमबारको पहिलो बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org