ताजा समाचार

चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसद्वारा संसदको दोश्रो बैठक पनि अवरुद्व

काठमाडौं ३२, असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि दोश्रो बैठकपनि स्थगित भएको छ ।

विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् । सरकारको धारणा जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए ।

तर, कांग्रेस सांसदहरुले अस्वीकार गरेका छन् । संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरिन् ।

डा. गोबिन्द केसीकोको जीवन रक्षा र चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसले अडान कायम राखे पछि साउन ३ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org