ताजा समाचार

डा. केसीका प्रतिनिधि र सरकारबीच शिक्षा मन्त्रालयमा पुन: वार्ता

काठमाडाैं १, असार । जुम्ला सदरमुकाममा अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता पुन: सुरू भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच वार्ता पुन: सुरू भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता भइरहेको हो ।

सोमबारको वार्तामा चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न माग गरेका थिए । केसी पक्षधरले विधेयक फिर्ता गरिए मात्र डा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउन पहल गर्ने अडान लिएका थिए । तर सरकारी पक्षले विधेयक फिर्ता लिने विषमा शिक्षा मन्त्रीसँग छलफल गरेर दोस्रो चरणको वार्तामा बस्ने बताएका थिए ।

सोमबारनै दुई पक्षबीच वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि आज फेरि वार्ता सुरू भएको हो।

केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन् ।

चिकित्सा शिक्षा विधेयकलार्इ लिएर जुम्लामा १६ दिनदेखि अनशनरत केसीको माग पुरा गर्न सरकारले शिक्षा सचिव बरालको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org