ताजा समाचार

प्रचण्डकी नातिनीको गित ‘पानी कुवाको’मा कार्टुन्ज क्रुको डान्स (भिडियोसहित)

काठमाडौं १, साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको स्वर रहेको गीत ‘पानी कुवाको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्मितालाई गायक सरोज ओलीले स्वर दिएका छन् । अाेलीकाे यसअघि ‘माछीले खाने खाेलीकाे लेउ” बाेलकाे गीतले चर्चा पाएकाे थियाे।

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ। भिडियोमा उनको छोटो भूमिका छ।

दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन्। उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org