कर्णाली प्रदेशमा ६६ प्रतिशत रोपाइँ
सुर्खेत १, साउन । असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।
क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार कर्णाली अञ्चलका डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा कर्णाली प्रदेशमा ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन । सुर्खेत र दैलेखमा एक तिहाई मात्र रोपाइँ भएको छ ।
कर्णाली प्रदेशका हुम्लामा ९५ प्रतिशत, कालीकोटमा ९०, मुगुमा ७०, दैलेखमा ४०, सुर्खेतमा ५०, रुकुम पश्चिममा ८०, सल्यानमा ८५ र जाजरकोटमा ९५ प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए ।
अघिल्लो वर्षको यही अवधिमा कालीकोटमा ७०, हुम्लामा नौ, मुगुमा ६५, दैलेखमा ४५, सुर्खेतमा ४०, रुकुममा ७०, सल्यानमा ७८ र जाजरकोटमा ८० प्रतिशत तथा डोल्पा र जुम्लामा शतप्रतिशत रोपाइँ भएको थियो ।
“अबको केहीदिनमै पानी नपरे खेत बाँझो रहने सम्भावना छ,” थापाले भने–“पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको छ ।” खाद्यान्न उत्पादन कम हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा खाद्यान्न संकट हुन सक्ने थापा बताए ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...