ताजा समाचार

धरानका मेयर तारा सुब्बाको ग्राण्डी अस्पतालमा निधन

काठमाडौं १, साउन। धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई एक हप्तासम्म आईसियुमा राखेर उपचार गरेर नर्मल बेडमा सारिएको थियो । उनको छातीमा निमोनियाको इन्फेक्सन भएको अस्पतालले जनाएको छ ।

मेयर सुब्बाले कांग्रेसका तिलक राई र तत्कालिन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघालाई पराजित गरेका थिए ।

उनका एक श्रीमती र एक छोरा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org