ताजा समाचार

क्रिकेटका भेट्रान स्पिनर शक्ति गाैचनद्वारा सन्यासको घोषणा

काठमाडौं २, साउन। राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शक्ति गाैचनले सन्यास लिने घोषणा गरेका छन् । भेट्रान स्पिनर गाैचनको अब नेपालमा हुने खेल नै उनको अन्तिम खेल हुनेछ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले यस्तो घोषणा गरेका हुन् । कहिलेदेखि  खेल जीवनबाट सन्यास लिने भनेर चाहिँ उनले खुलाएका छैनन् ।

इंग्ल्यान्डको लर्डसमा हुन लागेको टि—२० क्रिकेट सिरिज र नेदरल्यान्ड्ससँग हुन लागेको एक दिवसीय क्रिकेटका लागि जान लागेका शक्तिले नेपालमा हुने कुनै एउटा अन्तराष्ट्रिय फ्रेन्डसिप म्याच खेलेपछि सन्यास लिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org