ताजा समाचार

पत्रकार तथा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई अञ्जली अधिकारीको हमला (भिडियोसहित)

काठमाडाैं २, साउन । पत्रकार तथा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई अहिलेकी चर्चित तथा हट मोडेल अञ्जली अधिकारीले हमला गरेकी छन् ।

‘धमला धमला ऋषि धमला, चर्का कुरा नगर हो बोली सम्हाल’ भन्दै अञ्जली अधिकारीले आैंला ठाडो पार्दै उनलाई हम्यहम्य पारेकी छन् ।

सन्तोष देउजाको लय तथा शब्दमा राधिका हमाल र प्रदिप त्रिपाठीको स्वरमा रहेको ‘धमला धमला ऋषि धमला’ बोलको गितमा अभिनय गर्दै अञ्जली अधिकारी र ऋषि धमलाले रिपोर्टर्स क्लबमा धमलाको चरित्र चित्रण गर्न खोजिएको छ ।

पछिल्लो समय पत्रकारका बारेमा गित बन्न थालेदेखि पत्रकारहरु मोडलिङका साथै आफ्नो प्रचार गर्ने नयाँ उपाए समेत खोज्न थालेका छन् ।

प्रकाश भट्टको निर्देशनमा बनेको गितलाई बिष्णु शर्माले सम्पादन गरेका छन भने, राजेश घिमिरेले छायांकन गरेका छन् ।

धमलालाई गितमा देशको सवैभन्दा ठुलो पत्रकारको बिल्ला भिराउन खोजिनुका साथै उनले नेपाली राजनीतिमा चलेका अनुहारहरुसंग गरेको कुराकानीलाई समेत समेटिएको छ । धमलाको हिरोइज्म देखाउन गितमा थुप्रै प्रयास गरिएको छ ।

उनको स्वभाव र यो देशमा ऋषि बाहेक पत्रकार नै छैनन झै् गरेर देउजाले धमालाको जयजयकार समेत गरेका छन् । उनले गितमा लेखेका छन् ‘हमला हमला हमला छोड हमला, नचिन्ने त को होला र ऋषि धमला !’ धमलाको जयजयकार गर्ने देउजाको पनि जय होस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org