ताजा समाचार

रुकुम पूर्वमा जीप दुर्घटना, छ जनाको मृत्यु

काठमाडाैं २, साउन । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटदेखि धाैलापैराका लागि छुटेको लु १ ज २५७३ नम्बरको जीप धारापानी भन्ने ठाउमा दुर्घटना भएको छ ।

जीप धारापानी भन्ने ठाँउबाट झण्डै एक सय मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र थप एक जनाको उपचारको लागि हस्पिटलमा निधन भएको प्रत्यक्ष्यदर्शी गजेन्द्र घर्ति मगरले जनाएका छन् ।

दुर्घटनामा परि जम्मा छ जनाको ज्यान गएको जनाइएको छ भने दुर्घटनाको कारण एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेको सनाखत हुन बाँकी रहेकाले मृतकको पहिचान हुन सकेको छैन् ।

घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org