ताजा समाचार

सात तस्वीरमा हेर्नुहोस् रुकुम पूर्व जीप दुर्घटना, दुर्घटनामा सात जनाको मृत्यु (नामावलीसहित)

काठमाडाैं २, साउन । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटदेखि धाैलापैराका लागि छुटेको लु १ ज २५७३ नम्बरको जीप धारापानी भन्ने ठाउमा दुर्घटना हुँदा छ जनाको निधन भएको छ ।

मृत्यु हुनेमा पुथा गाँउपालिका-१, का वुद्वीराज पुन, कुमार पुन (मैकोट), पुथा-१४, की शालिनी बर्मा, बाँकेकी ललिता परियार र भुमे गाउँपालिका साकिमका अर्जुन बि.क रहेका छन् । अन्य एक जनाको भने सनाखत हुन सकेको छैन् । मृतक बर्मा र परियार रुमेली समाज विकास केन्द्र रुकुम अन्तरगत आस्था कार्यक्रमका कर्मचारी रहेको जनाइएको छ ।

त्यस्तै, घाइते हुनेमा मुसिकोट नगरपालिका-१२ का जब्बीर कामी, पुथा-११ की प्रमिला पुन मगर, पुथा-२ का धनिराम पुन र पुथा-२ कै सम्मझना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा नेपाली सेना, प्रहरी र स्थानियले उद्वार गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org