ताजा समाचार

चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै

काठमाडाैं २, साउन । १९ दिनदेखि जुम्लामा आमरण अनशनरत डा. गोबिन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

सरकारी टोली र केसीका प्रतिनिधिबीच चलेको वार्ता निष्कर्षमा पुग्न नसकेपछि चिकित्सक संघले बुधबार आन्दपलनको घोषणा गर्दै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने जनाएको छ ।

आज माइतिघर मण्डलामा प्रदर्शन गर्दै संघले केसीको समर्थनमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर केसीको मागप्रति ऐक्यबद्वता जनाउने जनाएको हो ।

केसीले उठाएका मागबारे सरकार गम्भीर नभए देशभर अनिश्चितकालीन हड्तालको चेतावनी पनि दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org