ताजा समाचार

काठनाडाैंमा मासुको खपत बढ्दै, दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छन्

काठमाडौँ, २ साउन । काठमाडौँमा जनसंख्या वृद्धिसँगै मासुको खपतसमेत बढ्दै गएको छ ।

काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ ।

काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका तथा नजिकका जिल्लाबाट खसिबोका व्यवस्थापन गर्दै आएको छ । काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ ।

पशुपक्षी बजार निर्देशनालयका निर्देशक डा. बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताउछन् ।

‘कन्जुमर आइ’ संस्थाकी अध्यक्ष विमला खनालले संविधानमै उपभोक्तालाई गुणस्तरीय तथा स्वस्थ मासु खान पाउने अधिकार सुनिश्चित गरेको भएपनि सरकारले मासुको गुणस्तरमा ध्यान दिननसकेको बताइन् ।

नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष गोविन्द पाठकले करिब ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात गर्ने गरिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org