ताजा समाचार

सेनाको हेलिकोप्टर डा.केसीलाई लिन पुग्यो जुम्ला, केसी समर्थकको अवरोध

काठमाडौं ३, साउन । जुम्ला मा २० दिन देखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला पुगेको छ ।

डा. केसीलाई लिन डा. गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको छ । शिक्षमन्त्री पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएपछि त्रिवि शिक्षण अस्पतालमा राखिने छ।

केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।

यसैबीच, जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारले आफ्नो माग पुरा नगरी अपहरण गरेर काठमाडौं लैजान लागेको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार साँझ बसेको बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय गरेपछि उनले जुम्लाबाट अडियो सन्देश पठाउँदै सरकार माग पुरा गर्नेतर्फ भन्दा पनि अनसन तुहाउने तर्फ लागेको आरोप लगाएका हुन्।

उनका समर्थकहरुले पनि अवरोध खडा गरेका छन् । चिकित्सक र सर्वसाधारण सरकारले मानव साङ्लो बनाएको केसीनिकट चिकित्सक विषद् दाहालले जानकारी दिए ।

शिक्षामन्त्री पोखरेलले भने डाक्टर आफैंले डाक्टरहरुको सेवा नै लिन्न, काठमाडौं आउँदिन भन्नु अनौठो भएको भन्दै डा. केसीलाई केही भए उनी स्वयंम र कर्णाली लैजानेहरुले जिम्मा दिनु पर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org