ताजा समाचार

माफिया, डन र अधिनायकवाद पोस्ने सरकारी कदमका विरुद्ध चन्दननाथ बाबाको काखमा सत्याग्रह बसेको छु: डा. केसी (अडियोसहित)

काठमाडाैं ३, साउन । डा. गोबिन्द केसीले सरकारले आफूलाई अपहरण शैलीमा उठाउन खोजेको आरोप लगाएका छन् ।

डा. केसी काठमाडाैं आउन अस्वीकार गरेका छन् । अडियो सन्देश जारी गर्दै उनले भनेका छन्, सरकारले माफिया,डन पोस्ने काम गरेको भन्दै अधिनायकवादको अभ्यास सुरु भएको समेत जनाएका छन् ।

सत्याग्रहको २०आैं दिनमा उनले जुम्लाका चिकित्सक तथा सवै टोलीले राम्रो उपचार दिएको जनाएका छन् । आफ्नो स्वास्थ्यको बारेमा सरकारलाई चिन्ता चासो भए संवेदनशिल बनेर माग पुरा गर्न तिर लाग्न समेत सुझाएका छन् ।

चन्दननाथ बाबाको काखमा सत्याग्रह बसेको भन्दै नागरिक अधिकार खोस्ने अधिकार कसैलाई नभएकाले अधिनायकवादका विरुद्ध लड्ने जनाएका छन् ।

सम्बन्धित समाचार:

सेनाको हेलिकोप्टर डा.केसीलाई लिन पुग्यो जुम्ला, केसी समर्थकको अवरोध

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org