ताजा समाचार

राष्ट्रिय बाणिज्य बैंक र नेको इन्सुरेन्सबीच बैंकासुरेन्स संझौता सम्पन्न, बैंकका सबै ग्राहकले बीमा सेवा पाउने

काठमाडाैं ३, साउन । नेको इन्सुरेन्स लि. र राष्ट्रिय बाणिज्य बैंकबीच बैंकासुरेन्स संझौता भएको छ ।

नेको इन्सुरेन्स र राष्ट्रिय बाणिज्य बैंककाबीच भएको  बैंकासुरेन्स संझौताले देशभर रहेका दुई सय बढी बैंकका शाखाका ग्राहकले नेकोबाट सहज रुपमा बीमा सेवा पाउने नेको इन्सुरेन्सले जनाएको छ ।

नेको इन्सुरेन्सले सेवा विस्तार गर्दै नेपालको एकमात्र सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रवर्द्धक रहने गरि  बैंकासुरेन्स गरेको हो ।

सम्झाैतामा नेको इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विश्वराम तिमिला तथा राष्ट्रिय बाणिज्य बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

२४ वर्ष अघि राष्ट्रिय बाणिज्य बैंक मूख्य प्रवर्द्धक रही स्थापना भएको नेको इन्सुरेन्स लि. ले बिगत २२ बर्षदेखि निरन्तर रुपमा ग्राहकको सेवामा समर्पित रही बीमा बजारमा अग्रणी भूमिका खेल्दै आएको छ ।

हाल कम्पनीको प्रवर्द्धकमा राष्ट्रिय बाणिज्य बैंकको २०५, कृषि विकास बैंकको १.६५, महतो समूहको २२५, बिनायक समूहको १३५ शेयर स्वामित्व रहेको छ भने यस कम्पनीले नियामक निकायले तोकेको पूँजी कायम गरी १ अर्व १७ करोड चुक्ता पूँजी पु¥याएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org