ताजा समाचार

डा. केसिलाई सरकारले काठमाण्डाै ल्याएरै छाड्यो

काठमाण्डाै ३, साउन । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।

उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ । केसीलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्याल जुम्लाले जनाएको छ।

सुरुमा सरकारी टोली जुम्ला पुगेर केसीसँग छलफल गर्न खोज्दा केसी समर्थकले विरोध गरेका थिए । त्यसक्रममा झडप समेत भएको थियो । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्याआउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org