ताजा समाचार

लोग्ने स्वास्नि बिच मनलाग्दी सम्भोग नपाइने : दिल्ली हाइकोर्टको फैसला

काठमाण्डाैँ ३,असार ।बैवाहिक दाम्पत्य जिवनमा लोग्ने र स्वास्नी दुवैलाई यौन सम्पर्क का लागि नाइँ भन्ने अधिकार हुन्छ।  विवाह पश्चात  महिलालाइ आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ ।

अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् ।

साथै अदालतले याैन सम्पर्क हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ ।

वैवाहिक बलात्कारलाई अपराध किटान गर्न माग गर्दै दायर गरिएको निवेदनमा फैसला गर्दै अदालतले भनेको छ कि बलात्कार नहुनका लागि पुरुषले यौन सम्पर्कका लागि महिलाले सहमति दिएको सावित गर्नुपर्दछ ।

पुरुष अधिकारवादी संस्था मेन वेलफेयर ट्रस्टको दाबी खारेज गर्दै अदालतले वैवाहिक बलात्कारमा बल प्रयोग अनिवार्य नहुने पनि बताएको छ । संस्थाले पति पत्नीबीचको यौन सम्पर्क बलात्कार हुनका लागि लोग्नेद्वारा बलजफ्ती गरेको वा धम्की दिएको अवस्था हुनुपर्ने जिकिर गरेको थियो । तर अदालतले वर्तमान समयमा  बलात्कारको परिभाषालाइ संकुचित रुपमा नभइ फराकिलो ढंगले प्रष्ट्याएको छ।  बलात्कृत महिलामा घाउचोट हुनैपर्छ भन्ने नरहेको ठहर गरेको ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org