ताजा समाचार

सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !

काठमाण्डाैँ ४,साउन । सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ ।

फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएका छन् ।

म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ । वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन् ।

सोस मिडियाबाट प्रवाहित भएको झुटो समाचारको असर भारतीय प्रजातान्त्रिक राजनीति र दैनिक जीवनमा पनि देखा परेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org