ताजा समाचार

डा. केसीका माग हुबहु कार्यान्वयन गर्ने हो भने देशमा अराजकता निम्तने:अध्यक्ष प्रचण्ड

सरकारले चिकित्सा प्रतिबेदनमाथि थपघट गर्ने अधिकार राख्छ भने यसमा अरुको टाउको दुखाइ किन ?

काठमाण्डाैँ ४, साउन । चितवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘डा. केसीका सबै माग ठीक छैनन् ।’ बेठीक मागलाई सरकारले पूरा गर्न नसक्ने उनले स्पष्ट पारे ।

केसीका माग हुबहु कार्यान्वयन गर्ने हो भने देशमा अराजकता निम्तने प्रचण्डको भनाइ छ । उनले सार्वभौम अधिकारसम्पन्न संसद् भन्दा माथि कोही नभएको बताउँदै कसैको बहकाउ र लहडमा सरकार नचल्ने दृढता व्यक्त गरे ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले जायज माग पूरा गर्ने बताउनुभएकै छ नि,अध्यक्ष प्रचण्डले भने, ‘किन नाजायज माग पूरा गर्नुपर्यो ? उपयुक्त मागप्रति सरकार संवेदनशील भएको उनले बताए । कुनै पनि व्यक्तिको निर्देशनलाई सरकारले पालना गर्न आवश्यक नभएको उनको जिकिर छ । सरकारले चिकित्सक प्रतिवेदनमाथि थपघट गर्ने अधिकार राख्छ भने यसमा किन अरूको टाउको दुखाइ भएको हो ?

यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ । दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने ।डा. केसिका कुनै माग जायज महत्त्वपुर्ण भए पनि मुलुकमा सांसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org