ताजा समाचार

भारतीय प्रधानमन्त्रि मोदीविरूद्ध अविश्वासको प्रस्ताव

काठमाण्डाैँ ४, साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको छ। मोदिमाथि तल्लो सदन लोक सभामा बुधबार दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुँदैछ।

तेलगु देशम पार्टीका सांसद केसीनेनी श्रीनिवासले प्रधानमन्त्री मोदीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

प्रमुख प्रतिपक्षी कंग्रेस आई, त्रिणमूल कंग्रेसलगायत पाँच दलले प्रस्तावको समर्थन गरेका छन्।

५४४ सदस्यीय लोकसभामा सत्तारूढ गठबन्धन एनडिएका ३१२ सांसद छन्। भारतीय जनता पार्टीका मात्र २७३ सांसद छन्। प्रतिपक्षी गठबन्धनमा १५२ सांसद छन्। ११ सांसद पद रिक्त छ।

भारतीय प्रधानमन्त्रीमाथि डेढ दशकमा पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता भएको हो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org