ताजा समाचार

लेपन लगाएर नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । सुन तस्करी गर्नेदेखि सानो टुक्रा सक्कली सुन देखाएर नक्कली सुनक बिस्कुट देखाउँदै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको धैवुङ–३ स्थायी घर भएका राज लामा, सोही जिल्लाका म्लाङसिङ्ग लामा र सोलुखुम्बु स्थायी घर भएका टासी लाक्पा शेर्पा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर लामो समयदेखि यसरी ठग्दै आएको गिरोहलाई शुक्रबार सार्वजनिक गरेको छ । राजधानीको चाबहिल, कपन र कोटेश्वर कार्यक्षेत्र बनाएर नक्कली सुनका बिस्कुट, बेरुवा औंठी सहित सुनका बिल समेत देखाएर सो समुहले ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार चुच्चेपाटीबाट पक्राउ परेका राज लामा र म्लाङसिङ्ग लामाको बयानका आधारमा १ किलो नक्कली सुन सहित पक्राउ परेका टासी शेर्पा जघन्य अपराधमा जेल बसिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org