ताजा समाचार

गित-आखाँको आसुँ सबैले देख्छन् मनको आँसु कसले देख्ने ?

गित

आखाँको आसुँ सबैले देख्छन् मनको आँसु कसले देख्ने ?
सुखको गीत सबैले लेख्छन् दुखेको मन कसले सेक्ने ?

बगेर जाने पानी हो जीवन एकदिन सबैले जानुछ छोडी
भाैतिक मोह मायामा परी मोडिन्छन् किन सम्बन्ध तोडी
दुखमा हुन्नन् छेउमा भने के आफ्ना ठान्नु आफन्तलाई
दुई मुटु कहिल्यै जोडिन्न भने के अर्थ भो र कसम खाइ

नसक्ने रैछु बादल जस्तो धर्धरी आसुँ खसाली रून
मनको पीडा नबुझेसम्म सक्दैन कोही आफन्त हुन
खुसीमा हुन्छन् अघि र पछि विपत्ती पर्दा हुँदैन कोही
दुखेको मनमा मलम लाउँदै को बस्दो रैछ र हृदय छोइ

आखाँको आसुँ सबैले देख्छन् मनको आँसु कसले देख्ने ?
सुखको गीत सबैले लेख्छन् दुखको कथा कसले लेख्ने ?

– केदार पनेरु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org