ताजा समाचार

गजल- अनुत्तरित थुप्रै सवालै सवालहरु छन् ।

अनुत्तरित थुप्रै सवालै सवालहरु छन् ।
सुन्दर सपनाहरुका कङ्कालहरु छन् ।

सुनामीले भत्काएका मानव बस्तीमा ,
च्यात्तिएका रहर ढाक्ने त्रिपालहरु छन् ।

तिमीसम्म अाउने बाटाेहरुमा अनगिन्ति,
काडे तारका बारहरु र पर्खालहरु छन् ।

जुवाडे धर्मराजहरु र याे रमिते दुनिया ,
द्राैपदि पासामा हान्ने थुप्रै खालहरु छन् ।

-मोहनमणि पोखरेल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org