ताजा समाचार

इन्टर क्लव फुटसल टुर्नामेन्टमा लायन्स क्लव अफ सिटी अफ सेभेन लेक्स विजयी

पोखरा ५, साउन । लेखनाथ जुनियर जेसिजले लेखनाथमा क्षेत्रमा रहेको विभिन्न संघ संस्थाका विच आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा लायन्स क्लव अफ लेखनाथ सिटी अफ सेभेन लेक्स विजयी भएको छ ।

शनिवार न्यू एयरपोर्ट फुटसल चाउथेमा भएको प्रतियोगितामा जेसिज, रोटरी, रोट्रयाक्ट, लायन्स र लियो क्लवहरुका विचमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा रोट्रयाक्ट क्लव अफ लेखनाथ उपविजेता बनेको थियो । विजयी टिमलाई ट्रफी वितरण गरिएको आयोजक जुनियर जेसिजका अध्यक्ष उत्तम शर्मा पौडेलले जानकारी दिए । प्रतियोगितमा रोट्रयाक्ट क्लव अफ लेखनाथका विधान देउजा उत्कृष्ट खेलाडी घोषित भएका थिए । लेखनाथमा रहेको संघ संस्थाहरुका विचमा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org