ताजा समाचार

कुलेन्द्र विश्वकर्मा र पुजा गुरुङको मायाको कानुन (भिडियोसहित)

काठमाडाैं ८, साउन । नेपाली लोक गीत संगीतमा निकै रुचि राख्ने गायिका पुजा गुरुङको लोकदोहोरी गीत भखरै बजारमा आएको छ । लोक गीत संगीतको प्यास मेटाउनको लागी विदेशी मरुभुमिबाट जन्मथलो आएको अवस्थामा उनले गीत बजारमा ल्याएकी हुन् ।

सिन्धुपाल्चोकको दुबाचौर मेलम्ची नगरपालिकामा जन्मेकी उनी सानै देखि लोक गीत संगीतप्रति अधिक रुचि रहेको थियो । वियोगान्त भावनाका गीतहरुको माग बजारमा भैरहेको अवस्थामा गायक कुलेन्द्र विश्वकर्मा र गायिका पुजा गुरुङको मायाको कानुन गीत बजारमा सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

तेजेन्द्र विवस रावतको शब्द तथा संगीत गीतमा रहेको छ । मायालु जोडिको विछोडको तितो बास्तविकतालाई गीतमा पोखिएको छ । भिडियोलाई किरण चौशिरको छायाँकन, अमर शाक्यको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय धुव्र हिमाली र सपना खड्काको रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गर्ने काम एकेन्द्र सारा शंकरले गरेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org