ताजा समाचार

एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले खेल्न सम्भाबना बलियो

काठमाण्डाैँ ९, साउन । एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १५ तारिखदेखि २८ तारिखसम्म युएईमा एसियन कप क्रिकेट हुँदैछ । समूह ए मा पाकिस्तान भारत एसिया कप छनोट प्रतियोगिताको विजेता रहनेछ । त्यस्तै, समूह बि मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

यसको विजेता टिमले एसियाका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउने छन् । भारत र पाकिस्तान समूह ए मा छन् । छनौट प्रतिस्पर्धाको विजेता पनि यहि समूहमा रहनेछ । यसको अर्थ नेपालले छनौट प्रतिस्पर्धा जितेमा भारत र पाकिस्तानसँगको समूहबाट खेल्नु पर्नेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् ।

समूह चरणका खेल सेप्टेम्बर १५ देखि २० तथा सुपर ४ का खेलहरु सेप्टेम्बर २१ देखि २६ सम्म हुनेछ । फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ । सन् २०१६ मा ट्वेन्टी-ट्वेन्टी फर्म्याटमा भएको एसिया कप यसपटक एक दिवसीय फर्म्याटमा हुँदैछ । एसिया कपको साबिक विजेता भारत हो ।

पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले एसिया कपका लागि ६ टिम सम्मिलित छनौट प्रतियोगिता खेल्दैछ । जसमा एक दिवसीय मान्यता प्राप्त देश युएईसँगै हङकङ, ओमान, सिंगापुर र मलेसिया रहेका छन् र नेपालले यिनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गएको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा एसोसिएटतर्फ शीर्ष तीनमा अटाउन सफल हुँदै एक दिवसीय मान्यता पाएको नेपाल अहिले बेलायत र नेदरल्याण्ड्स भ्रमणमा छ । नेपालले जुलाई २९ मा लड्र्समा ट्राई सिरिज र अगष्ट पहिलो हप्ता नेदरल्याण्ड्ससँग उसैको मैदानमा एक दिवसीय शृङ्खला खेल्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org