ट्याक्सीका प्रिन्टर मेसिन बिग्रिदा यात्रुले बिल पाउन छाडे
काठमाडौँ ९, साउन । उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्युटर विलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान भएपनि अधिकाशं प्रिन्टर मेसिन बिग्रेका छन् ।
ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७ देखि नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत प्रिन्टर मेसिन जडान कार्य शुरु गरेको थियो । यात्रु चढेपछि ओर्लने बेलासम्मको मिटरमा उठेको पैसा लिनेगरी जडान भएको प्रिन्टर मेसिन बिग्रेपछि यात्रुहरुले बिल पाउन छाडेका हुन् ।
कतिपय ट्याक्सीमा प्रिन्टर मेसिन चलेपनि चालकले यात्रुलाई बिल दिदैनन् । अधिकाशं ट्याक्सीमा प्रिन्टर मेसिन बिग्रेको कारणका समस्या भएको हो ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण ट्याक्सीले यात्रुलाई प्रिन्टर बिल दिन नसकेको बताउनुहुन्छ । “ट्याक्सीमा बिल जडान गर्ने क्रममा कमसल मेसिन पर्नजाँदा प्रिन्टर मेसिन चाँडो बिग्रिएका हुन्,”–उनी भन्छन् ।
कमसल प्रिन्टर मेसिन भित्र्याउँदा रु १४ करोड विदेशिएको अध्यक्ष गौतमको भनाइ छ । “विलिङ जडान हुनु अगाडिनै हामीले विलिङ प्रक्रिया कमजोर छ, उपत्यकाको धुलो धुवाँमा सहज रुपमा चल्न सक्दैन भनेका थियौँ तर जबरजस्ती लागू गर्न खोजियो अहिले त्यसकारण चल्न सकेन,”–उनी भन्छन् ।
उपत्यकाको नयाँ बसपार्क, कलङ्की, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल र दरबारमार्गलगायतका क्षेत्रका ट्याक्सीमा बढी ठगी हुने गरेको गुनासो छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी चालकको हेलचक्र्याइँका कारण प्रिन्टर मेसिन नचलेको बताउनुहुन्छ । “हामीले एक वर्षको वारेन्टी दिएर प्रिन्टर मेसिन जडान गरेका छौँ, तर धुलो र कागज अड्किँदा चालकले बेवास्ता गरेका कारण प्रिन्टर मेसिन चाँडो बिग्रिएको हो,” उनी भन्छन् । ट्याक्सी प्रयोग गर्ने यात्रुलाई बिल लिनसमेत विभागले आग्रह गरेको छ ।
विभागले प्रिन्टर मेसिन जडान नभएका ट्याक्सी भेट्टाएमा १० दिन सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना गर्ने गरेको छ । प्रिन्टर मेसिन जडान गर्ने काम नापतौल विभागको भए पनि लागू गराउने र प्रिन्टर बिल नदिने चालकलाई कारबाही गर्ने जिम्मा यातायात व्यवस्था विभागको भएको उनी बताउछन् ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल प्रिन्टर मेसिन नदिने र बढी भाडा लिने चालकमाथि विभागले निरन्तर अनुगमन गरिरहेको बताउछन् । “गल्ती गर्ने ट्याक्सी चालकलाई निरन्तर रुपमा अनुगमन गरी कारबाही गरिरहेका छौँ,” उनी भन्छन् ।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी दर्ता भएका छन् त्यसमध्ये आठ हजार ५०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त मिटरमा जान नमान्ने, बढी भाडा लिने र ट्याक्सी बिल नदिने दैनिक ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउछन् । “दैनिक पाँच सयको हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये ३०÷३५ ट्याक्सी चालक कारबाहीमा पर्छन्,” उनले भने ।
महाशाखाले अहिले बढी भाडा लिने तथा मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमन गर्न २० जना ट्राफिक प्रहरी बिना बर्दीमा खटाएको छ । महाशाखाले सडकमा बसेर बढी भाडा लिने चालकलाई रु तीन हजार जरिवाना समेत लिन शुरु गरेको महाशाखाका प्रमुख पन्त बताउछन् ।
Comments
अरु समाचार
-
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
अर्थमन्त्री पुनको अमेरिका भ्रमणः माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
काठमाडाैँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको...
-
नेपालका लागि ग्रिन हाइड्रोजन ‘गेम चेन्जर’ हुन सक्छः कुलमान घिसिङ
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लागि ग्रिन हाइड्रोजन 'गेम चेन्जर' हुन सक्ने बताएका छन्। बुधबार...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...
-
भी–२० बैठकमा मन्त्री पुनले भनेः जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका...
-
राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९३...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
नेप्से परिसूचक आज पनि ओरालो लाग्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से...