ताजा समाचार

चलचित्र कायराको ‘यो त माया हो’ बोलको गित सार्वजनिक (भिडियोसहित)

काठमाडाैं १०, साउन । चलचित्र ‘कायरा’को यो त माया हो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गितमा नायक आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले स्क्रिन सेयर गरेका छन् ।

सुगम पोख्रेल र श्रेया सोताङको आवाजलाई कल्याण सिंहले संगित भरेका छन् । नरेश भट्टराईको शब्द रहेको गितमा माया प्रेमका पर्याप्त कुराहरुलाई देखाउन खोजिएको छ ।

फिल्म कायरामा आर्यन सिग्देल,साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर राना र हितेश शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन भने, राज कुमार भट्ट फिल्मका कार्याकारी निर्माता हुन् । यस्तै, दीवस पराजुली र दिनेस थापा फिल्मका सहनिर्माता हुन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org