ताजा समाचार

ग्लोबल आइएमइको ग्लोबल स्मार्टमा ‘क्युआर कोड’ को ब्यवस्था, रकमान्तर क्युआर कोडबाटै गर्न सकिने

काठमाडाैं ११, साउन । ग्लोबल आइएमइ बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ मा थप सेवाहरु थपेर ल्याएको छ। अत्याधुनिक प्रविधिमा आधारित ग्लोबल स्मार्टलाई थप परिमार्जन गरिएको बैंकले प्रेस विज्ञप्तिमा उलेलेख गरेको छ।

अद्यावधिक ग्लोबल स्मार्टमा ब्यक्तिगत ‘क्युआर कोड’ को ब्यवस्था गरिएको छ, जसबाट रकमान्तर वा भुक्तानी गर्न सकिने छ।

प्रयोगकर्ताको औंठा छापमार्फत ‘लगइन’ तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ। ग्रहकले यो सेवा बैंकमा नगइ आँफै सुचारु गर्न सक्ने छन्। आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने नयाँ सेवामा फोनपेको नेटवर्कमा रहेका विभिन् मर्चेन्टलाई रकम भुक्तानी गर्न सकिने बिशेषता थप थरिएको छ।

थप गरिएका अन्य विशेषतामा अकाउन्ट ड्यासवोर्ड र क्यालेन्डर इन्ट्रिगेशन सुविधा छ। बैंकले पहिले नै दिएको ग्लोबल आइएमइबाट अन्य बैंकमा रकम पठाउने, क्रेडिट कार्डको सुल्क तिर्नेजस्ता सुविधाहरुलाई निरन्तरता दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org