ताजा समाचार

सांसद गंगा चाैधरीको आरोप डा. गोबिन्द केसी हत्यारा हुन, उनलाई कारवाही गर्ने की नगर्ने ? (भिडियोसहित)

काठमााडाैं १३, साउन । सत्तारुढ दल ने क पा सांसद गंगा चाैधरीले डा. गोबिन्द केसी हत्यारा भएको दाबी गरेकी छन् ।

आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको भन्दै उनले केसीलाई कारवाही गर्नुपर्ने माग गरेकी छन् ।

उनले डा. गोविन्द केसीको अनसले गर्दा दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको मृत्यु भएको भन्दै उनले यो एउटा उदाहरण भएको जनाइन् । प्रश्न गर्उै उनले भनिन्,  यसको जिम्मा कसले लिन्छ ? काङग्रेसले लिन्छ कि गोविन्द केसीले ? त्यसकारण गोविन्द केसी हत्यारा हुन् उनलाई कारवाही गर्ने कि नगर्ने ?’

कांग्रेस सांसद डिला संग्रौलाले चाैधरीको अभिव्यक्तिप्रति नियमापत्ति गरेपनि सभामुख महराले बोल्न अनुमति दिएका थिए ।

यस्तै, कुन प्रदेशमा कतिवटा मेडिकल कलेज खोल्ने भन्नेबारे प्रदेश सरकारले निर्णय गर्नुपर्ने र उक्त कुरा विधेयकमा ल्याउन माग समेत गरेकी छन् ।

उनले संसद बैठकमा बोलेको कुरा जस्ताकोतस्तै:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org