ताजा समाचार

मन्त्रीहरुको कारण अोलि सरकार असफल हुदै, सरकार सफल पार्न मन्त्री फेर्नुपर्छ- प्राडा प्रेम शर्मा

काठमाडाैं १४,साउन । आज राजधानिमा प्रकाशित एक साप्ताहिकलाई अन्तवार्ता दिदै राजनीतिशास्त्री प्राडा प्रेम शर्माले केपी आेली सरकार पतनको बाटोमा लागेको र सरकारका प्राय: मन्त्रीहरुको कार्यशैलीले सरकार नै असफल हुने ठोकुवा गरेका छन् ।

कम्युनिष्ट सरकारको चाैतर्फि बिरोध र आलोचना हुनुको मुख्य कारण शुस्त र विवादित मन्त्रिको कार्यशैलि हो । अोलि सरकारका अधिकांश मन्त्रिहरुको जिम्मेवारि हेरफेर नगरेसम्म सरकार सफल हुदैन, उनले भनेका छन् ।

सरकार गठनको ७ महिना बितिसक्दा पनि कुनै किसिम को परिमाण दिन नसक्दा केपि अोलि सरकार यतिबेला चाैतर्फि दवाबमा छ ,यो सरकार प्रति जनता का अपेक्षाको ताँति छ । दुई तिहाइ बहुमतको शक्तिशालि सरकाप्रति जनताका उच्च अपेक्षा हुनु स्वभाबिक हो । तर सरकारका मन्त्रिहरु अनाबश्यक विबादमा तानिनु, सुस्त कार्यशैलि, कारण एउटा आर्थिक वर्ष पनि पुरा हुन नपाउदै आलोचनाको सरकार थिचिन थालेको छ ।

नेताहरु निर्वाचनमा जसरि सपना हरुको बिस्कुन लगाएका छन, त्यसरि नै जनता आज परिमाणको अपेक्षा गरिरहेका छन । यो समयमा सरकार केहि आसलाग्दा योजना जनता सामु लिन सक्नु पर्ने जबकि जनता को सरकार प्रति आसाको आधार बनोस । सरकार सुदुर भबिष्यको सपना बाड्नुको साटो दैनिक जिवन संग जोदिएका : रेल भन्दा पहिला सडकका खाल्डा पुर्नु पर्ने पानिजहाज भन्दा पहिले ढलनिकास हुनुपर्ने ।

सरकारको यो कार्यशैलिले अोलि सरकार धरमरमा नपर्ला भन्न सकिन्न ।

केपि अोलि सरकारले जनताका लागि केहि काम गरेर देखाउने हो भने अहिलेका केहि मन्त्रिको जिम्मेवारि हेरफेर हुनुपर्छ । यि मन्त्रि बाट काम गर्न सकिदैन ।जुन मन्त्रिले मन्त्रालय लाइ ब्याबस्थापन गर्न सक्दैन, योजना, कार्यक्रम बिना बसेको छ । त्सको जिम्मेवारि हेरफेर गर्ने हिम्मत प्रधानमन्त्रिले गर्न नसकेमा कम्युनिष्ट सरकार धरमरमा पर्ने पक्का छ ।

दुइतिहाइ बहुमतको सरकार को कार्यशैलि यति कम्जोर र निम्छरो हुनैसक्दैन । यो ७महिना को समयमा भएका काम सार्बजनिक गर्न नसक्नु  , मन्त्रिहरु मन्त्रालयको काम भन्दा भ्रमणमा केन्द्रित हुनु, आर्थिक बिवादमा तानिनुले सरकारलाइ थप आलोचित बनाएको छ ।

यतिबेला केन्द्रिय सरकार मात्र नभइ तीन तहकै सरकारपनि आलोचित छन् ।

यदि अोलि सरकारले दुई तिहाइ बहुमतको शक्तिशाली भनिने सरकारको साग जोगाउने हो भने मन्त्रिको जिम्मेवारी फेरबदल  गर्न सक्ने हिम्मत राख्नु पर्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org