ताजा समाचार

‘छक्का पञ्जा ३’को पहिलो नम्बरमा बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडाैं १४, साउन । दिपक-दिपाको सिक्वेल चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो नम्बरमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दिपकराज गिरी, दिपिका प्रसाई, दिपा श्री निराैला, प्रियंका कार्की, केदार प्रशाद घिमिरे, जीतु नेपाल, बुद्वि तामाङ, स्वस्तिमा खड्का र बर्षा राउतले अभिनय गरेका छन् ।

गीतमा डेभिड शंकर र बिन्दु परियारले स्वर दिएका छन् । दिपा श्री निराैलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो नम्बर मा बोलको गितमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगित रहेको छ भने, कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

यस्तै, चलचित्रमा दिपकराज गिरी, दिपा श्री निराैला, दिपिका प्रसाई, प्रियंका कार्की, केदार प्रशाद घिमिरे, जीतु नेपाल, नीर शाह, शिवहरी पाैडेल, किरण केसी, बुद्वि तामाङ, अनुराग कुवर, लक्ष्मी गिरी, विल्सन राई, जयनन्द लामा, शारदा गिरी, बिमला गिरी र बशन्त भट्टको अभिनय रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org