इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा
काठमाडौँ १४, साउन । मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गरे ।
सो अवसरमा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलंक रहेको बताउँदै २०८५ सालसम्म हरेक क्षेत्रको बालश्रम अन्त्य गर्न व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताए । मुलुकबाट बालश्रम निवारणको सन्दर्भमा यस घोषणालाई प्रभावकारी बनाउन श्रम कार्यालयमार्फत अनुगमन गरिने उनले बताए ।
देशभरका इँटा उद्योगमा बालश्रमको अन्त्य भएको यस घोषणसँगै अब अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बालश्रम उन्मूलन गरिने उनको भनाइ थियो ।
इँटा उद्योगबाट बालश्रममुक्त घोषणा गरिनु अत्यन्त महत्वपूर्ण र बालश्रममुक्त देश घोषणा गर्न कोशेढुंगा सावित भएको उल्लेख गर्दै मन्त्री विष्टले भने, “यस घोषणाले बाल श्रममुक्त देश घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ, यो घोषणा ज्यादै महत्वपूर्ण र सम्मानयोग्य छ, सम्मानित देश, सभ्य देश, कलंकरहित देश घोषणा गर्न कोशेढुंगा सावित हुनेछ ।”
नेपाललाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धतामात्र नभई बालश्रममा रहेका बालबालिकालाई पुनःस्थापना गरी उनीहरुलाई विद्यालयसम्म पु¥याउन सरकार गम्भीर रहेको बताए। अभिभावकसँगै कार्यस्थलमा आउने बालबालिकाको व्यवस्थापन गरी उनीहरुलाई विद्यालयको पुहँचमा पु¥याउन विशेष ध्यान दिइने बताए ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) लागू गरिएको बताए ।
विसं २०७९ सम्ममा अमर्यादित र शोषणयुक्त तथा २०८२ सम्ममा सबै किसिमको बालश्रम निवारण गरिने बताउँदै उहाँले बालश्रममुक्त राष्ट्रका रुपमा नेपाललाई स्थापित गराउन सरकारका विषयगत निकाय, प्रदेश र स्थानीय तह, गैरसरकारी क्षेत्र र सामाजिक संघसंस्थाको सहयोगको खाँचो औँल्याए ।
उहाँले चालू आवभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिँदै होटल, कलकारखाना, इँटाभट्टालगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताए ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए ।
उनले बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाको राष्ट्रिय लक्ष्य समयमै हासिल गर्न मुलुकभरको सबै इँटा व्यवसायीको तर्फबाट कुनै पनि इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग नगरिने सार्वजनिक घोषणा गरे । इँटा उद्योगमा कार्यरत मजदुरसँग आश्रित बालबालिकालाई इँटा उद्योगमै दिवा स्याहार केन्द्र स्थापना गरेर आधारभूत शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।
कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै प्रकृतिका जोखिमपूर्ण काममा लगाउन नपाइने संवैधानिक व्यवस्था छ ।
हाल मुलुकमा करीब एक हजार १०० इँटा उद्योग सञ्चालनमा रहका छन् भने काठमाडौँ उपत्यकाभित्र ११० उद्योग रहेका छन् । ती इँटा उद्योगमा करीब तीन लाख मजदुर कार्यरत रहेका बताइएको छ । कार्यक्रममा नेपालभरका इँटा व्यवसायीका प्रतिनिधिले आजैका दिनदेखि इँटा उद्योगमा बालश्रम उन्मूलन भएको सार्वजनिक घोषणा गरेका थिए ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...