ताजा समाचार

रोनाल्डोको स्थान लिए २१ वर्षीय बोर्जाले

काठमाडाैं १९, साउन ।    स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि उनको स्थानमा को आउन सक्ला भन्ने जिज्ञासाको विषय बनेको छ । फ्यानको इच्छालाई मध्यनजर गर्दै विभिन्न सर्वेक्षणसमेत भइसकेका छन् ।

समर्थकको सर्वेक्षणमा ह्यारी केनले रोनाल्डोको स्थान लिने देखिएको थियो । तर, अहिले रोनाल्डोको स्थानमा केन नभएर अर्कै खेलाडीले मौका पाउने भएका छन् । उनी हुन् ९ नम्बर जर्सी लगाउने २१ वर्षीय बोर्जा मायोरल ।

मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले क्लबमा रोनाल्डोको ठाउँ बोर्जाले लिने बताएका हुन् । स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् । स्पेनिस प्रशासन एएसले पनि रोनाल्डोको ठाउँमा प्रयोग गर्ने खेलाडी रोजिसकेको दाबी गरेको छ ।

युवा खेलाडी मायोरलमा लोपेतेगीले विश्वास गरेको एएसले उल्लेख गरेको छ । मायोरलले गएको सिजन लोनमा वुल्फबर्गमा १९ खेलमा दुई गोल गरेका थिए । उनले रोनाल्डोले छोडेपछि उत्पन्न भएको खाली भर्न सक्ने लोपेतेगीको विश्वास छ । मायोरल रियल मड्रिडकै उत्पादन हुन् ।

सन् २००७ मा रियल एकेडेमीमा आएका उनले रियल मड्रिड बी बाट ३८ खेल खेलेका छन् । तर रियल मड्रिडका समर्थक भने क्लबको छनौटबाट त्यति खुशी रहेका छैनन् । गएको ९ वर्ष क्लबका लागि हरेक सिजन कम्तिमा ४० को हाराहारीमा गोल गरेका रोनाल्डोको ठाउँ लिन उस्तै उत्कृष्ट खेलाडी ल्याउनु पर्ने फ्यानको भनाई छ ।

रोनाल्डो ११२ मिलियन युरोमा इटालियन च्याम्पियन युभेन्टस गएपछि युरोपियन च्याम्पियन रियल मड्रिडमा उत्पन्न भएको खाली पूरा गर्ने खेलाडीको रुपमा रोबर्ट लेवान्डोस्की, ह्यारी केनदेखि एडिसन काभानी र इडन हजार्डलाई हेरिएको छ । यी मध्ये एकलाई क्लब भित्र्याउने रियल प्रयासरत रहेको खबर पनि आइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org