ताजा समाचार

काठमाडौँ आइपुग्यो पहिलो ओडिआई जितेको नेपाली क्रिकेट टोली

काठमाडाैं २१, साउन ।पहिलो ओडिआई सिरिज खेल्दै नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआई जित हात पारेको नेपाली क्रिकेट टोली सोमबार बिहान काठमाडौँ आइपुगेको छ।

ऐतिहासिक ओडिआई जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार विष्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वागत गरे।

नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन्।

पहिलो पटक ओडिआई मान्यता पाएको साँढे ४ महिनापछि नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको नेपालले दोस्रो खेल १ रनले जितेको थियो। पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हात पार्दै आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org