यसरी भयो ११ बर्षीय निसानको हत्या,बर्षादको झरीसँगै आँसुको बर्षा !
काठमाडाैँ २२,साउन । पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि थाहा पाएका थिए । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार श्रीमानले पठाएको पैसा जम्मा पारेको थाहा पाएरै उनीहरुले पैसा धुत्न अपहरण गरेको देखिन्छ ।
सधै होटलमा आउने, खाने र कहिलेकाही बस्नेसमेत भएकाले निशान सजिलै अपहरणकारीको पछि लागेर गएको प्रहरी अनुसन्धानमा देखिन्छ । अपहरणकारीले निशानलाई नगदेशस्थित आफू बस्ने डेरामा लगे र उनकै अघि चमेलीसँग फोन गरेर फिरौती मागेका थिए ।
प्रहरी स्रोतका अनुसार अपहरणकारीको मोबाइल ८ बजेर ५७ मिनेटमा बन्द भएको थियो । उनीहरुले पुरानो सिम निकालेर नयाँ सिमबाट निशानको आमासँग कुरा गरेपछि फेरि फोनबाट नयाँ सिम निकालेका थिए ।
फिरौती मागेको थाहा पाएपछि आत्तिएर कराउन थाले पछि उनीहरुले कोठामै निशानको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यालगत्तै डेरा नजिकै खनेको घरको जगमा उनीहरुले निशानको शवलाई हालेको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार निशानको हत्या राती १२ बजे अगाडि नै गरेजस्तो देखिएको छ । हत्यापछि शव व्यवस्थापन गरेर अपहरणकारी सोही कोठामा बसेको र बिहानमात्रै बाहिर निस्केको देखिन्छ ।,
झरीसँगै आँसुको बर्षा
खहरेस्थित हाईल्याण्ड इङलिस स्कुलको कक्षा ६ मा सोमबार निशान खडका उपस्थित थिएनन् । उनी बस्ने बेन्च खाली थियो । रातभर झरी परेकाले निशान स्कुल नआएका होलान् भन्ने उनका सहपाठीको अन्दाज थियो । तर अनुमान पनि गरेका थिएनन् साथीसंग अब कहिल्यै भेट हुदैन भनेर ।
निशानको अनुपस्थितीको कारण बुझ्न आइतबारको घटनामा पुग्नुपर्छ ।
सिन्धुपाल्चोकको मेलम्चीबाट बसाई सरेर पेप्सीकोला टाउन प्लानिङमा खाना र चिया बेच्ने सानो रेष्टुरा चलाएर दुई छोरी र कान्छो छोराको हेरचाह गरेर बसेकी थिइन्, चमेली खडका ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...