ताजा समाचार

विश्व विजेता केन्याका धावक निकोलसको कार दुर्घटनामा मृत्यु

काठमाडाैँ २३, साउन । केन्याका धावक निकोलस बेटको कार दुर्घटनामा मृत्यु भएको छ ।

बेइजिङमा २०१५ मा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा चार सय मिटर हर्डल्स दौडमा स्वर्ण पदक जितेका २८ वर्षका निकोलसको बुधबार कार दुर्घटनामा ज्यान गएको हो ।

 

नाइजेरीयामा अफ्रिकी महादेशीय प्रतियोगितामा भाग लिएर फर्किरहँदा नान्दी काउन्टीको नजिकै उनको कार दुर्घटनामा परेको हो ।
केन्याका खेलकुद मन्त्री रसिद इचेसाले ट्वीट गर्दै निकोलसको मृत्यु भएको पुष्टि गरेका छन् ।

सन् २०११ मा केन्यामै भएको प्रतिस्पर्धाबाट दौडमा लागेका उनले बेइजिङमा स्वर्ण पदक जित्दै आठ सय मिटरभन्दा कमको दौडमा केन्या बाट पहिलो हुने कीर्तिमान बनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org