ताजा समाचार

सेयर मूल्यमा ६० प्रतिशत गिरावट,आर्थिक संकटमा किन पर्दैछन् भारतीय वायुसेवा कम्पनी ?

काठमाडाैँ २४, साउन ।  भारतको ठूलो विमान सेवा प्रदायक कम्पनी जेट एअरवेजको सेयरमा लगातार गिरावट आईरहेको छ । जेटको सेयर मूल्यमा ६० प्रतिशतभन्दा धेरै गिरावट आएको छ । त्यस्तै, अर्को वायु सेवा प्रदायक इन्डिगोको सेयर मूल्यमा पनि लगातार गिरावट आईहरहेको छ । स्पाईस जेटको सेयर मूल्यपनि घटिरहेको छ ।

हालै सार्वजनिक रिर्पोट अनुसार जेट कम्पनी बन्द हुने अवस्थामा पुगेको छ । कम्पनीले आफ्ना कर्मचारी घटाउने योजना समेत बनाएको खबर सार्वजनिक भएको थियो ।

भारतको उड्ययन क्षेत्रको स्वर्णीम काल मानिने यो समयमा भारतीय वायु सेवा प्रदायक कम्पनी भने घाटामा जानुलाई आश्चर्यजनक ढंगले हेरिएको छ । तथ्यांक अनुसार २०१८ को पहिलो ६ महिनामा डोमेस्टिक यात्रुको संख्यामापनि २२ प्रतिशतले बृद्धि भएको थियो ।

अन्तर्राष्ट्रिय एअर ट्रान्सपोर्ट एशोसिएशनले पनि भारतमा डोमेस्टिक प्यासेन्जरको संख्या अत्याधिक बृद्धि भएको जनाएको छ ।

गत वर्षको अन्तिम तीन महिनामा १ हजार करोड भारतीय रुपैयाँ घाटा व्योहोरेको कम्पनीले एक दशक भित्र २ सय २५ वटा बोईगं ७३७ खरिद गर्ने योजना बनाएको थियो ।

इन्डिगोले पनि ४० वटा नया विमान खरिद गर्ने योजना बनाएको थियो । इन्डिगोले २५ वटा नयाँ एअरबस खरिद गर्ने घोषणा गरेको थियो । स्पाईस जेटले पनि १० वटा बोईङ जहाज खरिद गर्ने योजना बनाएको थियो ।

जेटले आफ्नो कूल क्षमताको पाँच प्रतिशत गल्फबाट कमाउने गर्छ । आन्तरिक बजारमापनि जेटको हिस्सा घट्दै गएको छ । विमान मर्मत खर्चमापनि अत्याधिक बृद्धि भएको छ । त्यस्तै, ल्याण्डिङ र नेभिगेसशन खर्चपनि बढेको छ । खर्च बचाउनको लागि जेटले आफ्ना पाईलटको खर्चपनि कटौति गर्ने बताएको छ ।
कुनै समय जेट एअरवेज भारतको उत्कृष्ट वायु सेवा प्रदाय कम्पनी थियो ।

केही वर्ष अगाडि ९ हजार करोड रुपैयाँ कर्जा सहित किङफिशरका मालिक विजय माल्याले भारत छाडेका थिए । त्यस्तै भारतको राजा भनिने एअर इन्डियापनि ५० हजार करोड भारतीय रुपैयाँ घाटामा चलिरहेको छ । भारत सरकारले एअर इन्डियाको ७६ प्रतिशत सेयर बेच्ने घोषणा गरेपनि खरिदकर्ता पाएको थिएन ।

पछिल्लो ६ महिनामा कच्चा तेलको मूल्यमा १६ प्रतिशतले बृद्धि भएको छ । विमान सञ्चालन खर्चको ४५ प्रतिशत खर्च इन्धनको हुने गर्छ । उड्ययन क्षेत्रमा आफ्नो दबाब कायम राख्नको लागि विमान कम्पनी सस्तो मूल्यमा टिकट बेच्ने गर्छन् । र यसको असर कम्पनीको आर्थिक व्ययभारमा पर्न जान्छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org