ताजा समाचार

आजबाट नेपाल आइडलको दोस्रो सिजन सुरु

काठमाडाैँ २४,साउन ।आजबाट विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल सिजन २आज साझँ ८:३० बाट  AP1 Television मा सुरु हुदैछ 

नेपाल आइडल आफैमा ठुलो सो भएका कारणनेपाल आइडल सिजन १ नेपालीहरु आइडल प्रति निकै उत्साहित थिए। आफ्ना प्रतिभा प्रस्पोटन गर्न देशका कुना कुना बाट युवा सागर उर्लिएका थिए ।

सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिने नेपाल आइडलका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए । गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन।

कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपालमध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत् रहेपनि सुशील नेपाल भने सिजन–२ मा देखिने छैनन् । नेपाललाई आसिफ शाहले रिप्लेस गरेका छन् । आसिफ यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘२–रुपैयाँ’ का नायक हुन् । आसिफ म्युजिक भिडियो निर्देशकसँगै गायक र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।

यस बर्ष पनि अडिसन मा गत बर्ष भन्दा पनि प्रतियोगिको उपस्थिति उत्साहाजनक  छ ।  नेपाल आइडल सिजन २ को पहिलो इपिसोड आज साझँ ८:३० बाट  AP1 Television मा आउदैछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org