ताजा समाचार

थप ‘सर्भिस पासपोर्ट’ र’ सिम्यान्स पासपोर्ट ,अब पासपोर्ट ६ किसिमका

काठमाडाैँ २४, साउन ।   सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ ।

हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ ।

थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ‘सर्भिस पासपोर्ट’ दिने व्यवस्था गरिएको छ ।

पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org