ताजा समाचार

नेपाल र बंगलादेशबीच विद्युत खरीद सम्झौंता, नेपालबाट पाँच सय मेगावाट विजुली आयात गर्ने

काठमाडाैँ २५, साउन ।  नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न तथा तत्कालै ५ सय मेगावाट विजुली लैजानको लागि बंगलादेश तयार भएको छ ।

उर्जामन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा आएका बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा लगानी बढाउने विषयमा सहमति भएको छ ।

बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा सरकारी,निजी तथा कम्पनीमा तहमा लगानी गर्न तयार भएको हो ।

यस्तै ५ सय मेगावाट विजुली लैजान समेत बंगलादेश यतार भएको छ ।
दुईमन्त्रीबीचको भेटघाटपछि भएको हस्ताक्षरमा दु्ईदेशबीच ऊर्जा क्षेत्रमा सयुक्त रुपमा अगाडि बढ्न सम्झौता भएको छ ।

ऊर्जा क्षेत्रमा सहकार्य गर्नको लागि दुई देशका उर्जा मन्त्रालयका सहसचिवको संयोजकत्व कार्यदल गठन भएको छ । कार्यदलको बैठक पालै पालो नेपाल र बंगलादेशमा बस्ने छ । कार्यदलले थप विषय टुंगो लगाउदै अगाडि बढाउने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org