ताजा समाचार

गित-तालको पानी जमेसरी खुसी पनि जम्ने भए 

 गित

तालको पानी जमेसरी खुसी पनि जम्ने भए
किन पर्थ्यो मन दुखाउन सबै आफ्ना बन्ने भए

जीवन कहाँ गुड्ने रैछ रेलको गति जस्तै गरी
सहजबाटो हिँड्न खोज्दा मजधार भेट्छु थरी थरी
ढुंगा जस्तै मन भए भिज्ने थेनन् आँखाहरू
बज्ने थेनन् कहिल्यै पनि विरहका भाकाहरू

विवषताको पिडासँगै रित्तो हाँसो हाँस्नुपर्ने
वाध्यताको धुनसँगै मन नलागी नाच्नुपर्ने
आखिर यस्तै रैछ जीवन फेरि किन दुख्छ छाती
सबैकुरा जान्दाजान्दै निद किन भाग्छ राती !

-केदार पनेरु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org