ताजा समाचार

कविता-साहारा

           कबिता

भो अब मलाई  साहारा  चाहिँदैन
दुई दिने मौसमी बाहार चाहिँदैन
हिजो पनि थिए म एक्लै
आफ्नै मनकी रानी थिए
त्यति बेला पनि चलेकै थियो ढड्कन
भो अब तिम्रो तड्पन चाहिँदैन ।।।

छताछुल्ल पारेकी थिए आफुलाई तिम्रो सामु
मेरो भावना तुआई दिन एक क्षण पनि लाएनौ
मेरो अस्तित्वलाई लत्याई पलपल गाल्यौ तिमीले
बिज रोपेको थियो  मैले सञ्जिवनी को विषाधि हाल्यौ तिमीले
धेरै पर पुगिसके अब फर्केर आईदैन
भो अब तिम्रो अङ्गालो चाहिँदैन ।।।

भुल गर्यौ तिमीले मलाई मनको कमजोर ठानेर
घाउ बल्झाइ रह्यौ वचन रूपी वाणलाई हानेर
अब त सम्हाली सके आफुलाई तिमीले दिएको चोटबाट
शरण पर्दिन तिम्रो फुत्किसके माया भन्ने चङ्गोलबाट
मेरो हातमा मिलाउने हात चाहिँदैन
हिंड्न् सक्छु डोर्‍याउने साथ चाहिँदैन ।।।

– सरस्वती अधिकारि

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org