ताजा समाचार

प्रियंका र अायुष्मानको नयाँ रोमान्टिक अभिनय ‘तिमि जस्तो अल्लारेलार्इ कसले पत्याउला’

काठमाडाैँ २७, साउन ।  नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ ।

गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स/मास्टरिङ छ । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org